स्वतन्त्र अंगहरुमाथि सरकारको हस्तक्षेप बढ्दै : देउवा

news

गोरखा, जेठ २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले मानवअधिकार आयोग लगायतका स्वतन्त्र अंगहरुमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

गोरखामा आइतबार नगर सम्मेलन उद्घाटन गर्दै देउवाले सरकारले स्वतन्त्र निकायलाई निकम्मा बनाउन खोजेको आरोप लगाए । गुठी प्राधिकरण गठन गर्ने विधेयक गलत नियतले ल्याइएको भन्दै उनले आफ्ना कार्यकर्तालाई गुठीको सम्पति बाँड्न उक्त विधेयक ल्याएको जिकिर गरे ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस नेतामात्र होइन, कांग्रेसका मतदाताका नाममा समेत बालुवाटारमा जग्गा देखिए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...