प्रहरी दमनको विरोधमा मसाल जुलुस

news

काठमाडौं, जेठ २६ । गुठी प्राधिकरण विधेयक विरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध गर्दै सरोकारवालाहरुले आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् ।

लगनटोलबाट शुरु भएको मसाल जुलुलु नयाँ सडकसम्म पुगेको थियो । त्यसअघि निकालिएको विरोध जुलुस असन, इन्द्रचोक, न्यूरोड, ओमबहाल हुँदै लगनचोकमा पुगेको थियो ।

विरोध सभामा सरोकारवालाहरुले गुठी खारेज गरेर नेपालको मौलिक धर्म, संस्कृति नष्ट गर्ने सरकारका मन्त्री लगायत कुनै पनि प्रतिनिधिहरुलाई गुठीबाट संचालित चाडपर्व र जात्राहरुमा सहभागी हुने नैतिक अधिकार नभएको बताए । नेवा देय दवुका अध्यक्ष नरेश कुमार ताम्रकारले गुठी खारेज गर्ने र त्यही गुठीबाट संचालित भोटोजात्रा लगायतका चाडपर्वहरुमा सरकारी स्तरबाट कुन नैतिकताका आधारमा सहभागी भएको भन्दै प्रश्नसमेत गरे ।

सहभागीहरुले सो विधेयक खारेज नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...