सारेगमप लिटिल च्याम्पमा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए

news

काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ जनामध्ये सुगन्धा दातेले उपाधि जितेकी छन् । त्यसैगरी मोहम्मद कैफ दोस्रो भएका छन् ।

लिटिल च्याम्सको शीर्ष ६ मा पर्दै तेस्रो भएका ११ वर्षीय आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका ५ का हुन् । अर्का नेपाली बालक केसी भने भक्तपुरका हुन् । 

प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी रियालिटी शो को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई बालकले ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको मन भने जित्न सफल भएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...