१९ वर्षदेखि फरार हत्याका अभियुक्त पक्राउ

news

काठमाडौं, जेठ २७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले १९ वर्षदेखि फरार रहेका हत्याका अभियुक्तलाई पक्राउ गरेको छ ।

२०५७ साल असार ५ गते भक्तपुरका बिजेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका देवीरमन अधिकारीलाई सीआइबीको टोलीले भैरहवाबाट पक्राउ गरेको हो ।

सीआइबीले सोमबार पत्रकार सम्मेलन गरी अधिकारीलाई सार्वजनिक गरेको छ ।

उनले २०५७ सालमा पर्सा जिल्लाका तत्कालीन जिल्ला वन अधिकृत तुल्सीभक्त प्रजापतिकी श्रीमती बिजेश्वरी प्रजापतिको हत्या गरेका थिए ।

प्रजापतिको घरमा घरेलु कामदारकारुपमा रहेका अधिकारीले पारिश्रमिक नदिएको रिसमा धारिलो हतियारले हानेर बिजेश्वरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...