प्रितम आचार्य इटहरी उपमहानगरको बाल सद्भावनादूत नियुक्त

news

सुनसरी, जेठ २८ । भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो स्थान प्राप्त गरेका नेपाली बालगायक प्रितम आचार्य इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूत नियुक्त भएका छन् ।

सोमबार गृहनगर इटहरी आइपुगेका उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बाल सद्भावनादूत नियुक्त गरेको घोषणा गरेको हो ।

गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...