मिडिया विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

news

चितवन, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् ।

प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउँदै छलफल गरेर अघि बढ्ने बताए ।

‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ,’ उनले भने ।

लोकसेवा आयोग सम्बन्धी विधेयकको सवालमा उनले संसदीय समितिले एक खालको निर्देशन दिएको र सरकारले अर्कै खालको निर्णय गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि आवश्यक छलफल गरेर निश्कर्षमा पुगिने उनले बताए ।

पार्टी एकताको बाँकी काम टुंग्याउने गृहकार्य भइरहेको दाहालले बताए । उनले केही जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोक्ने सिलसिलामा गृहकार्य नपुगेको स्वीकार गरे । विवाद देखिएका जिल्लाका बारेमा छलफल गरी अब प्याकेजमै सहमति खोज्ने तयारी भइरहेको उनले बताए ।

पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने उनको भनाइ थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...