पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

news

-प्रदिप पौडेल/ईमेज

पोखरा । पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

पोखराको उत्तम चोकमा प्रहरीको गोली लागेर गोविन्द थापा घाइते भएका छन् ।

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको प्रहरीले दाबी गरेको छ ।

लागूऔषध लिएर हिंडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन  र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...