खप्तडमा गंगादशहरा मेलाको रौनक

news

-डीबी विष्ट/ईमेज

बझाङ । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ ।

खप्तडमा शनिवारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भएसंगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भीड लागेको छ ।

प्रत्येक बर्ष जेठ शुक्ल दशमीको दिनमा गंगा दशहरा मेला लाग्ने गर्दछ ।

खप्तडमा रहेको त्रिबेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिदै आएको छ ।

गंगादशहराको दिन गंगाबाट ल्याएको जल वर्षभरी विग्रदैन यस तिर्थिमा बहुसंख्यक हिन्दू धर्मालम्बीहरु गंगा स्नान गर्नाले मनोकाङ्क्षा पुराहुने धार्मिक विश्वास रहेको स्थानीय पण्डित चित्रराज जोशीले बताए ।

मेलाको अबसरमा गंगादशहरा मेलामा विभिन्न संघ संगठनहरुले कार्यक्रम आयोजना गरिरहेका छन् ।

डोटी उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको गंगा दशहरा मेलामा खुला पूरुष भलिवल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको देउडा प्रतियोगिता यस बर्ष पनि पनि आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरु मध्येको एक हो ।

खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो ।

खप्तडमा खप्तड बाबाको आगमनपछि स्थानीयले राजा बिरेन्द्रलाई आग्रह गर्दा २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...