‘राजा महेन्द्रले भावनात्मकरुपमा एकीकरण गरे’

news

काठमाडौं, जेठ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता संकटमा पर्दै गइरहेको बताएका छन् ।

राजा महेन्द्रको १००औं जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा थापाले राजा महेन्द्रले सुरु गरेको राष्ट्रियता र विकासको कदमलाई राप्रपाले आत्मसात् गरेर अघि बढ्ने बताए ।

पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई राजा महेन्द्रले भावनात्मकरुपमा एकीकरण गरेको उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रविद् रमेशनाथ पाण्डेले विदेशी प्रभावमा नपरी राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको अभाव रहेको बताए ।

नेपालको परराष्ट्र नीतिमा आमूल परिवर्तनको खाँचो रहेको भन्दै उनले दुवै छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध कायम गर्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, नेकपा मालेका महासचिव सीपी मैनालीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि राजा महेन्द्रले चालेको कदमलाई वर्तमान पिंढीले पनि कुनै पूर्वाग्रहविना आत्मसात् गर्नुपर्ने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...