लोकसेवाको विज्ञापन रद्द गर्न र गुठीसम्बन्धी विधेयक फिर्ता लिन कांग्रेसको माग

news

काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन समावेशी नभएकाले रद्द गर्नुपर्ने जनाएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहमा ९ हजार कर्मचारी माग गर्दै गरिएको विज्ञापन संविधान अनुसार समावेशी नभएकाले रद्द गर्नु पर्ने बताए ।

करारमा कर्मचारी राख्ने पक्षमा कांग्रेस नरहेको भन्दै उनले करारले भविष्यमा थप समस्या निम्त्याउने उल्लेख गरे ।

शर्माले संविधानमा व्यवस्था भएअनुसार कर्मचारी भर्ना प्रकृया पुनः सुरु गर्नुपर्ने र आवेदकहरुले प्रतिस्पर्धा गर्न पाउनु पर्नेमा जोड दिए ।

प्रवक्ता शर्माले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनसमेत सरकारको ध्यानाकर्षण गराए । विधेयक फिर्ता नलिए संसद र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिंदै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको आरोप लगाए ।

शर्माले गुठी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक, धर्म, संस्कृति र सम्पदा मास्ने षड्यन्त्र गरेको आरोपसमेत लगाए ।

सरकार विवादास्पद निर्णयहरुमा संलग्न भएर सम्पदामाथि समेत हस्तक्षेप गर्न थालेको शर्माको आरोप थियो ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...