गुठी विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी

news

काठमाडौं, जेठ ३० । स्वर्गद्धारी आश्रमलगायतका विभिन्न संघ–संस्थाले विवादास्पद गुठीसम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले गुठीको सम्पति हत्याउन खोज्नेखालको विधेयक फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

देवी–देवताका नाममा अर्पण गरेको चल–अचल सम्पत्ति सरकारले भूमाफियालाई सुम्पन खोजेको उनीहरुको आरोप थियो ।

विधेयकबाट नेपालको मौलिक संस्कृति र सनातन वैदिक परम्परा नासिँदै जाने भएकाले संस्कृतिमाथिको प्रहारविरुद्ध एकजुट हुनसमेत उनीहरुले आह्वान गरेका छन् ।

कार्यक्रममा स्वर्गद्धारी आश्रमका सदस्य रुद्रप्रसाद मिश्रले आश्रमको नाममा ११ सय विगाहा जमिन रहेको भन्दै गुठीको जग्गा बचाऔं अभियान सन्चालन गरिने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...