गुठी विधेयक फिर्ता लिन वर्ल्ड नेवाः अर्गनाइजेसनको माग

news

काठमाडौं, जेठ ३० । विश्वभरका नेवारहरुको अन्तर्राष्ट्रिय सञ्जाल वर्ल्ड नेवाः अर्गनाइजेसनले गुठी विधेयकविरुद्ध नेपालमा भइरहेको आन्दोलनमा समर्थन जनाएको छ ।

अमेरिकास्थित अर्गनाइजेसनको केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गरी गुठी विधयक पारित नगर्न नेपाल सरकारसँग माग गरेको छ ।

संगठनले करिब १५ सय वर्ष पुरानो गुठी प्रणालीले नेपालको धर्म, संस्कृति बचाउँदै आएकाले नेपालको सभ्यता रक्षाका लागि विधयक फिर्ता लिनुपर्ने जनाएको छ ।

आन्दोलनकाक्रममा भएको प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै संगठनले आदिवासीको अधिकार र अन्तर्राष्ट्रिय श्रम संगठनको धारा १६९ को समेत उल्लंघन भएको जनाएको छ ।

सो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नेसमेत जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...