गुठी विधेयकमा राप्रपा (संयुक्त)को विरोध

news

काठमाडौं, जेठ ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सरकारले संघीय संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकको विरोधमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले गुठीको सम्पत्तिलाई व्यापारीकरण गरी भूमाफियालाई सुम्पने उद्देश्यले गुठी विधेयक ल्याइएको आरोपसमेत लगाएको छ ।

अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आवश्यक परे सडक आन्दोलनसमेत गर्ने भन्दै गुठी विधेयकलाई फिर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष राणाले संस्कृतिसँग जोडिएको विषयमा सरोकारवालासँग छलफल नै नगरी विधेयक ल्याउनुले सरकारको नियतमाथि प्रश्न उठेको बताए ।

अर्का अध्यक्ष डा. लोहनीले वामपन्थीहरु द्रव्यपन्थीतर्फ उन्मुख भएको आरोप लगाए ।

राप्रपा संयुक्तले मिडिया काउन्सिल विधेयकप्रति पनि विरोध जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...