नेपालमा अब गुण्डाराज धेरै दिन टिक्दैनः गृहमन्त्री

काठमाडौं, जेठ ३० । गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाएका छन् ।

news

काठमाडौं, जेठ ३० । गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाएका छन् ।

क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिए ।

आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उनको प्रतिवद्धता थियो ।

व्यवसायीको जिउधन र व्यवसायीक सुरक्षाका लागि सरकार कटिवद्ध रहेको वताउदै मन्त्री थापाले यस किसिमको गतिविधि गर्नेको सूचना गृहमन्त्रालयमा दिन व्यवसायीहरुलाई आग्रह गरे ।

मन्त्री थापले विकास र समृद्धिको बाधक अपराधिक गतिविधि, कुशासन र भ्रष्टाचार भएकोले सरकारले यी सबै वाधक तत्वलाई हटाउने लक्ष राखेको बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया