मेलम्चीको बाँकी काम गर्न गएको नयाँ कम्पनीलाई स्थानीय ठेकेदारको अवरोध

news
फाइल तस्वीर ।

काठमाडौं, असार ५ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको नयाँ कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् ।

पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्स्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

इटालीयन कम्पनी सीएमसीले काम छाडेर गएपछि सरकारले आयोजनाको बाँकी काम पूरा गर्न श्रेष्ठ कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । आयोजनाको मुहानको हेडवर्कस र फिनिसिङलगायतका काम बाँकी छ ।

कम्पनी कामदार लिएर मेलम्चीको मुहान पुगेपनि स्थानीयले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछिमात्र काम सन्चालन गर्न दिने अडान राखेका थिए ।

स्थानीयको अवरोधपछि ‘माथि कुरा गर्ने’ भन्दै श्रेष्ठ कन्स्ट्रक्सनका कामदार फर्केका हुन् ।

स्थानीयवासीलगायत निर्माण व्यावसायीहरु डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत् छन् ।

सरकारले जफत गरेको सीएमसीको तीन अर्ब धरौटीबाट आफूहरुको भुक्तानी हुन बाँकी रकम दिनुपर्ने स्थानीय ठेकेदारहरुको भनाइ छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...