समता अस्पतालमा मृत्यु प्रकरण : अस्पताल सञ्चालककी पत्नीसहित तीन महिलाविरुद्ध मुद्दा

news

काठमाडौं, असार ६ । काठमाडौंको जोरपाटीस्थित समता अस्पतालमा कार्यरत रामेछापकी विमला तामाङको मृत्युका विषयमा तीन जना महिलामाथि अनुसन्धान थालिएको छ ।

प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी तीनजना विरुद्ध मुद्दा दायर गरिएको हो । जसमा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला संजेलसहित तीनजना छन् ।

नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

विमलाले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले अस्पताल प्रशासनले मृतकका बालबालिकाको पालनपोषणको र दोषी भनिएकाहरुमाथि कारबाहीको विषयमा सहमति गरेपछि उनको दाह संस्कार गर्रिएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...