विराटनगरमा व्यापार घाटा चुलियो

news

विराटनगर, असार ९ । चालू आर्थिक वर्षको वैशाखसम्म पूर्वी नेपालको प्रमुख व्यापारिक नाका विराटनगरबाटमात्र कुल व्यापार घाटा एक खर्ब १४ अर्ब ९० करोड रुपैयाँ नाघेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस नाकाबाट भएको कारोबारमा एक खर्ब ११ करोड रुपैयाँ व्यापार घाटा भएको थियो ।

विराटनगर भन्सार नाकाबाट अघिल्लो वर्षको तुलनामा यस वर्षको १० महिनामा व्यापार घाटा करिब ३ प्रतिशतले बढेको हो ।

विराटनगर भन्सार नाकाबाट चालू आर्थिक वर्षको १० महिनामा एक खर्ब ३६ अर्ब ११ करोड रुपैयाँको मालवस्तु आयात भएको छ भने जम्मा २१ अर्ब २१ करोड १० लाख रुपैयाँको मालवस्तु निर्यात भएको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले अघिल्लो वर्षमा भारत तथा तेस्रो मुलुकबाट एक खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँको मालवस्तु आयात भएको बताए ।

आर्थिक वर्ष ०७३/०७४ मा ९५ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ व्यापार घाटा भएको थियो भने आर्थिक वर्ष २०७२/०७३ मा ८२ अर्ब ८६ करोड ९८ लाख व्यापार घाटा भएको थियो ।

कार्यालयकाअनुसार भारतबाट हुने आयात २९ प्रतिशत, चीनबाट ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.४ प्रतिशतले बढेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...