असन्तुष्टहरु सल्बलाएसँगै सक्रियता बढाउँदै देउवा

news

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूइतर पक्षको चर्को दबाबपछि पार्टीको आन्तरिक राजनीतिमा सक्रियता बढाएका छन् ।

इतरपक्षले सभापतिले सिंगो पार्टीका लागि चिन्ता लिनेभन्दा पनि गुटका लागि मात्रै चिन्तित बन्ने गरेको आरोप लगाइरहेका बेला देउवाले पार्टीको जनजागरण अभियानमा खटाइएका केन्द्रीय प्रतिनिधिलाई पार्टीको अवस्थाबारे छलफलका लागि डाकेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले बुधबार ७७ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिसँग जागरण अभियान, अबको रणनीति र वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल डाकेका छन् ।

संस्थापन इतर पक्षका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले जागरण अभियानप्रति असन्तुष्टि जनाउँदै आएका छन् । –राजधानी दैनिकबाट

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...