सिद्धार्थनगर नगरपालिकामा बस्तीबस्तीमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिने

news

भैरहवा, साउन १ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ देखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ ।

नगरका बस्तीबस्तीमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिने नगर उपप्रमुख उमा काफ्लेले बताइन् ।

त्यसक्रममा एक हजार ५०० सम्मको औषधिसमेत निःशुल्क वितरण गरिने उनको भनाइ छ । यो सुविधा ८५ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउनेछन् ।

१३ ओटा वडा रहेको नगरपालिकामा करिब २०० ज्येष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाकाअनुसार यस अभियानमा विशेषज्ञ डाक्टर, सहयोगी संस्था, नर्सहरु, नगरका प्रतिनिधि, स्वयंसेविका परिचालन गरिनेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...