धरानका मेयर तारा सुब्बाको उपचारका क्रममा निधन

news

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

५३ वर्षीय सुब्बाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

मेयर सुब्बाको  निमोनियाका कारण छातीमा इन्फेक्सन भएको थियो ।

आठ दिन अघि निदान अस्पतालबाट रिफर गरिएका सुब्बा उच्च रक्तचाप र मधुमेहका रोगी रहेको जनाइएको छ ।

उनको तीन वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण समेत गरिएको थियो । उनको शव हेलिकप्टरबाट धरान लैजाने तयारी भइरहको छ ।

सुब्बा २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएका थिए ।

१ छोरा र १ श्रीमती रहेका मेयरको अन्तिम दाहसंस्कार विदेशबाट परिवारका सदस्य आएपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...