‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’मा राष्ट्रिय सम्मान

news

काठमाडौं । बृद्धाश्रम, खेलकुद र शैक्षिक संस्थाको सहयोगार्थ आयोजित ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’का अवसरमा शनिबार विभिन्न विधाका व्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।

बरिष्ठ गीतकार बुद्धवीर लामाले बर्षेनी आयोजना गर्दै आएका ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रष्टाहरुलाई भब्य समारोहबीच सम्मान प्रदान गरेका हुन ।

कार्यक्रममा लामाद्वारा लिखित गीतमा स्वर दिएका गायक–गायिका तथा कलाकारहरुले नृत्य प्रश्तुत गरे ।

चर्चित गायिक कुन्ति मोक्तानले दुईवटा गीत सुनाइन । गायक शम्भु राई र चन्द्रकुमार दोङले पनि एक एकवटा गीत सुनाए ।

अमेरिकाबाट आएका मनोज राईले भुटानी पोसाकमा सजिएर गीतकार लामाद्वारा रचित गीत गाएर सुनाए भने हाँस्य कलाकार गणेश इशाराले पेट मिचिमिचि हसाँए ।

युवा गायक रमेश राईले ‘माया जिन्दावाद’ गीत सुनाए भने चर्चित डान्सर भुवन लामाले ब्यङयात्मक गीतमा नृत्य प्रश्तुत गरेर मनोरन्जन दिलाए ।

कार्यक्रममा ब्लुरेन इन्टरनेशनल स्कुल तथा ज्ञानोदर बालबाटिका स्कुलका विद्यार्थीहरुले रमाइलो नृत्य प्रश्तुत गरे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय भावना जागृत गराउन संगीतको सम्बद्र्धन गर्नुपर्ने औंल्याए ।

गीतकार लामाले गीत–संगीतका माध्यमबाट समाजलाई नयाँ बाटो डोहोर्‍याउन प्रेरित गर्ने र नेपाली कला संस्कृतीलाई विश्वमा चिनाउन सहज हुने बताए ।

विभिन्न विधामा सम्मान

कार्यक्रमका अवसरमा समाजसेवा, शिक्षा, निजामती सेवा, खेलकुदलगायतका क्षेत्रमा सक्रिय अग्रणी ब्यक्तिहरुलाई राष्ट्रिय सम्मान प्रदान गरियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गीतकार बुद्धवीर लामालगायतलले विभिन्न ब्यक्तिहरुलाई दोसल्ला, माला लगाएर सम्मान पत्र प्रदान गरे ।

समारोहमा ‘नेपाली संगीत विशिष्ट सम्मान–२०७६’ मनोजकुमार राईलाई प्रदान गरियो ।

त्यस्तै विशिष्ठ राष्ट्रिय सम्मानबाट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्मानित गरियो ।

समारोहमा अन्तराष्ट्रिय संगीत साधना सम्मान बरिष्ठ संगीत साधक मधुकर लोहनी, गायक तथा संगीतकार किरण मोक्तानलाई दिइयो ।

समारोहमा इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उमिल शेर्पा, रमेश साही, शाकिर उद्धिनलगायतलाई शिक्षा सेवा सम्मान प्रदान गरियो ।

निजामति सेवा सम्मान शिव प्रसाद चापागाई, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसी, मुरलीप्रसाद बाँस्कोटालगायतलाई प्रदान गरियो ।

अग्रणी समाजसेवीहरु दीपक गौतम र डम्बर खड्कालाई राष्ट्रिय सम्मान प्रदान गरियो ।

उनीहरुले असहाय, विरामीहरुलाई सहयोग, धार्मिक स्थलहरुको जिर्णोद्वारा साथै विभिन्न क्षेत्रमा सहयोग गरेवापत सम्मान प्रदान गरिएको हो

इलाममा जन्मेका कर्मयोद्धा सम्मानबाट कुनाल राई, सिद्धी गिरी, ईन्द्र गुरुङलाई पनि विशेष सम्मान प्रदान गरियो ।

कुनाललाई कलिलो उमेरमा समाजसेवामा लगाव देखाएको साथै सुर्योदय नगरपालिका इलामको जेष्ठ नागरिक मिलन केन्द्रको लागि सहयोग गरेको भन्दै सम्मान गरिएको हो । 

खेलकुदका क्षेत्रमा योगदान पुर्‍याएवापत मधु शमसेर जबरालाई एथलेटिक्स सम्मान प्रदान गरियो ।

यज्ञलाल श्रेष्ठ, त्रिरत्न मानन्धर, सुनिलकाजी बज्राचार्य, लीला कुमार श्रेष्ठ, याङ्दी लामा शेर्पालाई खेलकुद क्षेत्रमा योगदान पुर्याए वापत सम्मान गरियो ।

उत्कृष्ट समाजसेवी नागरिक सम्मान डा. खगेन्द्र बहादुर श्रेष्ठ, शम्भु प्रसाद दाहाल, बासु केसी, डिके लामालगायतलाई प्रदान गरियो ।

 -युवराज गौतम(ईमेज)

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...