प्रदेश ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन

news

काठमाडौं, असार २२ । प्रदेश नं ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले आइतबार काठमाडौंमा कार्यक्रम गरी प्रदेश नं ३ का ३६८ वडामा सामान्य उपचारको समेत व्यवस्था नरहेको जनाएको हो । प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको र २८ प्रतिशत गर्भवती महिलाले मात्र आईरन चक्की खाने गरेको पाइएको छ ।

कार्यक्रममा जनस्वास्थ्य प्रशासक डा.राजेन्द्र गिरीले प्रदेशमा ७१ प्रतिशत महिलाले मात्र स्वास्थ्य चौकीमा सुत्केरी गराउने, ५९ वर्ष उमेर समूहका ४३ प्रतिशत महिलालाई रक्तअल्पताको समस्या रहेको बताए ।

स्वास्थ्य निर्देशनालयलाई समयमै बजेट, कार्यक्रम, अख्तियारी तथा कार्य सञ्चालनको निर्देशन प्राप्त नहुँदा पनि समस्या पाइएको जनाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...