कार सडकबाट हुत्तिएर खेतमा पुग्यो, पाँचजना घाइते

news

सागर महत (इमेज)

अर्घाखाँची, असार २३ । अर्घाखाँचीमा सोमबार एक कार दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, बिहार, मुगलिनबजारमा मे१६प ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो ।

कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कतर्फ आउँदै थियो ।

दुर्घटनमा परी मालारानीका पाँचजना घाइते भएका हुन् । घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् ।

घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ । अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो ।

तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइते चालक खड्का प्रहरीको निगरानीमा उपचाररत् छन् । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त क्षेत्रमा बाटो पिच भएकाले गाडीहरु ‘ओभर स्पीड’मा गुड्दा दुर्घटना हुने गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...