२० लाखको कार आयातमा ६५ लाख कर !

news

काठमाडौं । छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ ।

तर मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक बर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैंयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो ।

भन्सार विभागले आगामी आव २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैंयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महशुल, सतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट) सहित सो कारमा ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने बाध्यता छ । -राजधानी दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...