प्रधानमन्त्री ओलीको पुत्ला जलाइयो

news

काठमाडौं, असार २५ । नेपाल विद्यार्थी संघनिकट विद्यार्थीहरुले सरकारको विरोध गर्दै बुधबार राजधानीमा प्रदर्शन गरेका छन् ।

त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाए ।

भारतबाट आयात हुने कृषिजन्य पदार्थमा विषादी जाँच नगर्ने सरकारी निर्णय जनस्वास्थ्यमाथिको खेलवाड भएको भन्दै विद्यार्थीहरुले विषादी जाँच तत्काल सुरु गर्न माग गरेका थिए ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...