चन्द समूह समर्थक भण्डारी समातिइन्

news
फाइल तस्वीर ।

नवलपरासी, असार २५ । नेत्रविक्रम चन्द नेतृत्वको समूह समर्थक अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आवश्यक सोधपुछका लागि सरावल गाउँपालिकाको बासाबसही चोकबाट बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए ।

कपिलवस्तुको बग्तीबगर घर भएकी भण्डारी नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि सुनवल नगरपालिकाको कीर्तिपुरमा बस्दै आएकी थिइन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...