फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न डोनाल्ड ट्रम्पको आदेश

news

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइट्नरले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवा करप्रति अमेरिकाको निकै चासो रहेको बताएका छन्

फ्रान्सको संसद्ले नयाँ करसम्बन्धी विधेयक आज अनुमोदन गर्ने अपेक्षा गरिएको छ  ।

जसअनुसार गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा तीन प्रतिशत कर लगाइनेछ ।

त्यो लागु भएमा फ्रान्सले यही वर्ष करिब ४० करोड युरो संकलन गर्ने अनुमान गरिएको छ ।

७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्र मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीमाथि नयाँ कर लाग्नेछ ।

अनुसन्धानपछि फ्रान्सेली करको बदलामा अमेरिकाले पनि उसमाथि कर लगाउने अथवा नलगाउनेबारे टुङ्गो लाग्नेछ ।

यसअघि पनि ट्रम्पले धेरै पटक कर लगाइसक्नु भएको छ ।

वाशिङटनले गरेका अनुसन्धानपछि युरोपेली युनियन र चीनमाथि कर लगाइएको थियो ।

फ्रान्सबाहिर मुख्यालय हुँदैमा कुनै पनि कम्पनी कर तिर्नबाट उम्किन पाउन नहुने फ्रान्सेली सरकारको तर्क छ ।

चिनियाँ, जर्मन, स्पेनी र बेलायती कम्पनीहरू पनि नयाँ व्यवस्थाबाट प्रभावित हुने बताइएको छ ।(एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...