‘कांग्रेस दिनभर बीपी र रातभर विप्लव’

news

काठमाडौं, असार २६ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमाथि प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई सहयोग गरेको आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ‘कांग्रेस दिनभर बीपी र रातभर विप्लव’ बनिरहेको आरोप लगाए ।

कम्युनिस्टहरुलाई मृत्युको व्यापारको आरोप लगाउने कांग्रेसले हिंसाप्रतिको दृष्टिकोण स्पस्ट पार्नुपर्ने पनि उनले बताए ।

वर्तमान सरकार पाँच वर्ष ढुक्कले चल्ने दाबी गर्नै उनले प्रतिपक्ष कांग्रेसलाई पाँच वर्षसम्म ‘शंख फुकेर’ बस्न सुझाव दिए ।

सत्तारुढ दल नेकपा नफुट्ने दाबी गर्दै उनले सत्ता गुमाउनुपरेको पीडाले कांग्रेसले सरकारलाई खेद्ने बहाना खोजिरहेको जिकिरसमेत गरे ।

विषादी परीक्षणमा प्रधानमन्त्रीलाई झुक्याएको भन्ने प्रसंगमा सन्चारमन्त्री बाँस्कोटाले झुक्याउने कर्मचारीलाई झुन्ड्याउन नमिल्ने बताए । तर, सरकार कर्मचारीको प्रभावमा नरहेको उनको दाबी थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...