सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पारित

news

कैलाली, असार २६ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ ।

यही असार २१ गतेदेखि प्रदेशसभामा सुरु भएको बजेटमाथिको छलफल सकिएपछि बिहीबार बजेट सभाबाट पारित भएको हो ।

बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा आवाज नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

त्यसअघि, प्रदेशसभाको बैठकमा बजेटमाथि छलफलकाक्रममा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गरेको बताए ।

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...