‘जनसंख्या व्यवस्थापनका लागि ठोस नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्छ’

news

प्रतीक्षा खनाल र उत्तम मानन्धर (इमेज)

काठमाडौं, असार २६ । आज जुलाइ ११ तारिख । विश्व जनसंख्या दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

विश्वमा जनसंख्या वृद्धि साझा समस्याकारुपमा रहेको छ । बढ्दो जनसंख्यासँगै खाद्यान्न, स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका क्षेत्रमा चुनौती पनि थपिँदै गएको छ ।

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ ।

नेपालको जनसंख्याको ठूलो हिस्सा युवाले ओगटेका छन् ।

वि.सं. २०६८ मा गरिएको गणनाअनुसार देशमा आर्थिकरुपमा सक्रिय जनसंख्या ५४.२ प्रतिशत रहेको छ । ठूलो जनसंख्या प्रजनन् उमेरको भएकाले आगामी वर्षहरुमा पनि जनसंख्या बढ्दै जाने अनुमान गरिएको हो ।

अब २०७८ सालमा गरिने जनगणनामा नेपालको जनसंख्या तीन करोड पाँच लाखमाथि पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ ।

विकासोन्मुख देशले जनसंख्या वृद्धिदर तथा आर्थिक वृद्धिदरलाई सन्तुलित गर्न नसके त्यसले पर्यावरण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा असर गर्ने निश्चित छ ।

त्यसैले जनसंख्या व्यवस्थापनका लागि ठोस नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव बताउँछन् ।

जनसंख्या व्यवस्थापनमा देशले केही उल्लेख्य उपलब्धि हासिल गरेता पनि पिछडिएका तथा गरिबीको रेखामुनिको जनसंख्या पहुँचबाट टाढा रहेकाले उनीहरुसम्म पुग्ने गरी लक्षित कार्यक्रमहरु सन्चालन गर्नुपर्दछ ।

धेरै युवा जनशक्ति आर्थिक समृद्धि हासिल गर्नसक्ने आधार पनि हो । तर, उनीहरुको परिचालन र व्यवस्थापन उचित तरिकाले हुन सकेन भने प्रत्युत्पादक पनि हुन बेर लाग्दैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...