‘मर्जर’मा जानका लागि १९ ओटा बैंकको प्रतिबद्धता

news

काठमाडौं, असार २६ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ‘मर्जर’मा जानका लागि प्रस्ताव ल्याउन निर्देशन दिएसँगै हालसम्म मर्जरमा जानका लागि १९ ओटा बैंकहरुले प्रतिबद्धता जनाएका छन् ।

प्रतिद्धबदता जनाएका १९ ओटा बैंकहरुमध्ये तीनओटा विकास बैंक र अन्य वाणिज्य बैंकहरु रहेको राष्ट्र बैकले जनाएको छ ।

२० प्रतिशतभन्दा कम विदेशी लगानी रहेका बैंकहरुलाई पनि राष्ट्र बैंककै नीतिअनुसार नै मर्जरमा जानका लागि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विदेशी लगानी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्य बैंकहरु मर्जरमा जानका लागि तयार भएको पनि बैंकले जनाएको छ ।

मर्जरका लागि कर्मचारी व्यवस्थापन प्रमुख चुनौती बन्दै आएको छ । यसका लागि राष्ट्र बैंकले नै निर्देशनात्मक सुझाव दिने बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

बैंकहरुको वित्तीय संख्या घटाइ पुँजी वृद्धि गर्ने तथा लगानीमा वृद्धि गर्ने उद्देश्यले केन्द्रीय बैंकले बैंकहरुलाई मर्जरमा जानका लागि आगामी मौद्रिक नीति घोषणा हुनुअघि प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...