प्रसूतिगृहको पुनःनिर्माण सम्पन्न, प्रधानमन्त्रीले गरे उद्घाटन

news

काठमाडौं, असार २७ । विनाशकारी ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको पुनःनिर्माण सम्पन्न भएको छ ।

जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको भवनको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लाखौं महिलालाई स्वस्थ्य सेवा प्रदान गर्ने ऐतिहासिक अस्पतालको पुनःनिर्माणमा सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद दिए ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हरेक प्रदेशमा विशिष्टकृत सेवासहितको अस्पताल सेवा प्रदान गरिने बताए ।

त्यसका लागि अञ्चल तथा क्षेत्रीय अस्पतालहरुलाई स्तरोन्नति गर्ने काम सुरु भइसकको उनको भनाइ थियो ।

दुई अर्ब ३० करोड रुपैयाँ लागतमा प्रसूतिगृहको तीनतले भवन पुनःनिर्माण गरिएको हो । भवनमा १९८ कोठा रहेका छन् ।

वि.सं. २०१६ सालमा ४० शय्याबाट सुरु गरिएको यस अस्पतालमा हाल ४१५ शय्या रहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...