कलंकी क्षेत्र जलमग्न, मालपोत, ट्राफिक प्रहरीको कार्यालय डुबानमा (भिडियो)

news

काठमाडौं, असार २७ । अविरल वर्षाले शुक्रबार काठमाडौंको कलंकी क्षेत्र जलमग्न बनेको छ ।

बल्खु खोला किनारका बस्ती जलमग्न छन् । खोलाको पानी बस्तीमा पस्दा सयौं घर डुबानमा परेका छन् ।

मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालयसमेत डुबानमा परेको छ ।

कलंकीको खसीबजार, मैत्रीनगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी पसेको छ ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...