वर्षा, बाढी–पहिरोको वितन्डा, देशभर १५ जनाको मृत्यु, मूलपानीमा जे भयो... (भिडियो)

news

काठमाडौं, असार २७ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् ।

शुक्रबार काठमाडौंको मूलपानीमा पहिरोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–६, बाबाचोकमा बाराका ३५ वर्षीया शर्मिला यादव, उनका १० वर्षीय छोरा कुन्दन यादव र नितु यादवको मृत्यु भएको हो ।

बलराम खतिवडाको बन्दै गरेको घरको पर्खाल भत्किएर पुरिँदा उनीहरुको मृत्यु भएको जनाइएको छ ।

नेपाली सेना र नेपाल प्रहरीले स्काभेटर प्रयोग गरेर शव निकालेका थिए ।

सो घटनामा जियालाल यादव घाइते भएका छन् ।

भिडियो हेर्नुहोस् 

मानवीय क्षति, विस्थापितसम्बन्धी विस्तृत् विवरण (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...