पूर्व–पश्चिम राजमार्गस्थित बर्दिबासको भप्सी पुल बाढीले बगायो, यातायात अवरुद्ध

news

बर्दिबास, असार २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बाढीले बगाएको छ ।

बाढीले पुल बगाएसँगै पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । 

पुलको बीच भाग नै बगेकाले तत्काल यातायात संचालन हुने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ । बाढी घटेपछि खोलाबाटै ‘डाइभर्सन’ गरेर सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाउन सकिने बताइए पनि अविरल वर्षाका कारण तत्काल त्यो सम्भव नहुने बताइएको छ ।

तस्वीर सौजन्य : लक्ष्मी रिजाल/फेसबुक

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...