‘प्रचण्ड’ले माओवादीको जरोकिलो उखालेर एमालेको पाउमा बुझाए : बाबुराम

news

काठमाडौं, जेठ ३० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले दशौं हजार सहिदका सपना बिर्सेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको जरोकिलो उखालेर एमालेको पाउमा बुझाएको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित भेलामा बोल्दै भट्टराईले भ्रष्टाचार र कमिसनमा लिप्त नेताहरुबाट विकास नहुने भएकाले नयाँ विचारको आवश्यकता पूरा गर्न नयाँ शक्ति गठन भएको तर्क गरे ।

अरु पार्टीहरुलाई ‘थोत्रा र मक्किइसकेका’को संज्ञा दिँदै उनले नयाँ शक्ति पार्टीलाई ‘चुम्बकीय ध्रुव’ बनाएर त्यस्ता पार्टीका कार्यकर्तालाई आकर्षित गर्ने योजना रहेको पनि बताए ।

भेलाअघि राजधानीका विभिन्न स्थानबाट निकालिएका र्‍यालीहरु बबरमहलमा पुगेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया