प्रदेश–१ को नीति तथा कार्यक्रम बहुमतले पारित

news

ध्रुव भट्टराई (इमेज)

विराटनगर, जेठ ३० । प्रदेश नम्बर–१ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको नीति तथा कार्यक्रम बुधबारको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा), संघीय समाजवादी फोरम नेपाल र राप्रपाले समर्थन जनाएका थिए ।

प्रदेश सरकारले जेठ २८ मा पर्यटन, ऊर्जा, कृषि, उद्योग, सामाजिक क्षेत्र र भौतिक पूर्वाधार विकासमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएको थियो ।

नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रशंसा गरेका थिए ।

तर, प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले भने नीति तथा कार्यक्रम महत्वाकांक्षी रहेको र धेरै कुरा छुटेको भन्दै कार्यान्वयनप्रति आशंका जनाएका थिए ।

प्रदेशसभामा दुई दिनसम्म चलेको नीति तथा कार्यक्रममाथिको छलफलमा ३७ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया