ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस मनाइने

news

काठमाडौं, जेठ ३० । ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस नेपालमा पनि बिहीबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी उक्त दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम गरिने जनाएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर चेतनामूलक कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०११ मा जुन १५ लाई ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहारविरुद्धको दिवस घोषणा गरेको थियो ।

त्यसपछि राष्ट्रसंघका सदस्य राष्ट्रहरुले यो दिवस मनाउँदै आएका छन् । नेपाल सरकारले २०१२ देखि यो दिवस मनाउन थालेको हो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया