तरुण दलको प्रदर्शनमा यसरी भयो प्रहरीसँग झडप, केही घाइते (भिडियोसहित)

news

काठमाडौं, साउन ५ । अनशनरत् प्रा. डा. गोविन्द केसीको समर्थन गर्दै नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले शनिबार नयाँबानेश्वरमा गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको हस्तक्षेपपछि प्रदर्शन झडपमा परिणत हुन पुग्यो ।

झडपकाक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतसहित केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले नयाँबानेश्वरको निषेधित क्षेत्र तोड्दै अगाडि बढ्नेक्रममा झडप भएको हो ।

तरुण दलका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

माइतीघरबाट निस्किएको नागरिक समाजको जुलुसले नयाँबानेश्वमा कोणसभा गरिरहेका बेला तरुण दल पनि प्रदर्शन गर्न पनि त्यहाँ पुगेको थियो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया