शौचालय नै नभएका स्थानमा हचुवाका भरमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा

रौतहट, जेठ ३१ । रौतहटको गरुडा नगरपालिकाका सबै घरमा शौचालय निर्माण नहुँदै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

news

सञ्जय कार्की/ईमेज:

रौतहट, जेठ ३१ । रौतहटको गरुडा नगरपालिकाका सबै घरमा शौचालय निर्माण नहुँदै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

बिनातयारी गैरसरकारी संस्थाको गलत तथ्यांकअनुसार खुला दिशामुक्त घोषणा गरिएको हो ।

गरुडा नगरपालिकामा सबै घरमा शौचालयको प्रबन्ध छैन तर केही दिन अघि २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु रावतबाट नगरपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भइसक्यो ।

विभिन्न गैरसरकारी संस्थाले दाताहरुको सहयोगमा जिल्लामा सरसफाइको नाममा ४ करोड ४८ लाख ५३ हजार रुपैयाँ खर्च गरिसकेका छन् ।

तर काममा खासै प्रगति नभएपछि हचुवाको भरमा खुलादिशामुक्त घोषणा गरेको रहस्य खुलासा भएको छ  । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न मात्रै नगरपालिको ६ लाख रुपैयाँ खर्च भएको विवरण बाहिर आएको छ ।

वडा नम्बर चारका अध्यक्ष चुनचुन शाहले हतारमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा नगरौं भन्दा पनि जबरजस्ति घोषणा गरिएकाले शौचालय नबनाएकाले अब नबनाउने बताउँछन् ।

राजमार्गले समेत छोएको यो नगरपालिकामा कुनै सार्वजनिक शौचालय समेत छैन । यस्तो ठाउँलाई खुला दिशामुक्त घोषणा गर्नु निकै हास्यास्पद छ ।

पछिल्लो समय खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने काम प्रतिस्पर्धाकै रुपमा भइरहेको देखिन्छ ।

खुला दिशामुक्त घोषित क्षेत्रमा  खुलेआम खुला ठाउँमै दिशापिसाब भइरहेकै छन् । जसले यस्ता घोषणालाई अर्थहीन देखाइरहेको छ ।

मानव सुचांकमा माथि भएको देखाउनको लागि फर्जी तवरले घोषणा गरिएको खुला दिशामुक्त क्षेत्रले वास्तविकतालाई ओझेलमा पार्न सक्छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया