साना नानीहरुमा फुटबलको रौनक (भिडियो)

news

गृष्मा राजभण्डारी/प्रतीक्षा खनाल/नवीन स्थापित (इमेज):

काठमाडौं, जेठ ३१ । विश्वकप फुटबलको रौनक सर्वत्र छ । विश्वकपको ज्वरोले अहिले कसलाई छोएको छैन र ? बालबालिकादेखि वृद्धवृद्धासम्ममा फुटबलको चासो उत्तिकै छाएको छ ।

विश्वको सुदूर कुनामा चल्दै गरेको विश्वकप फुटबलको तातोले बालबालिकालाई पनि उत्तिकै छोएको हो ।

हाम्रो टोली राजधानीको एक किन्डर गार्डेनमा पुग्दा त्यहाँका अधिकांश नानीहरु विश्वकपमा सहभागी राष्ट्रहरुको जर्सीमा देखिन्थे । त्यतिमात्र होइन, उनीहरुले फुटबलको अभ्यास खेल पनि खेले ।

विश्वका एकसे एक देशका मुलुक र तिनका हस्ती खेलाडीले कस्तो खेल पस्कन्छन् ? भन्ने थाहा नपाएपनि यी नानीहरुमा देखिएको फुटबलप्रतिको चासो कम्ती छैन ।

त्यसैले त किन्डर गार्डेनले व्यवस्था गरिदिएको गोलपोस्ट अनि गोलकिपर हेर्दैमा अर्कै रौनक छाउने । हाउभाउ हेर्दा खेलाडीभन्दा कमचाहिँ देखिन्नन् उनीहरु ।

खेल हेर्न बसेका स–साना नानीहरु फुटबलमा ‘हुटिङ’ गर्ने तरिकामा पनि उत्तिकै जानकार देखिन्थे ।

आफ्ना साथीहरुले फुटबल खेल्दा साथीको नाम लिइ समर्थन गरेको दृश्य निकै नै रोमान्चक थियो ।

फुटबललाई पोस्टसम्म लगी गोल गर्नुपर्नेमा जानकार रहेका यी नानीहरुले गोल गर्दा रमाएको दृष्य हेर्दा कम्ती रोचक देखिन्नथ्यो ।

विभिन्न देशका जर्सी लगाएका यी नानीहरुलाई जर्सी कुन देशको भन्ने जानकारीसमेत रहेको देखियो ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया