जिप दुर्घटनामा वडासदस्यसहित दुईजनाको मृत्यु

news

बागलुङ, जेठ ३१ । बागलुङको ताराखोला गाउँपालिका–२, अर्गलमा बिहीबार अपराह्न भएको जिप दुर्घटनामा वडासदस्यसहित दुईजनाको मृत्यु भएको छ ।

घुस्मेलीदेखि अर्गल, भातखानेडाँडा जाँदै गरेको ग१ज ६०३४ नम्बरको जिप दुर्घटना हुँदा ताराखोला–३ का वडासदस्य २४ वर्षीय हेमन्त घिमिरे र ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वडा नम्बर–३ कै २७ वर्षीय जिपचालक डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाइते भइ उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।

जिप कच्चीसडकबाट ४०० मिटर तल खसेको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया