ठूलो परिमाणको लागुऔषधसहित चारजना पक्राउ

news

काठमाडौं, साउन १७ । ललितपुर प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित चारजना कारोबारीलाई पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले ललितपुरको अफडोलबाट दुईजनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजेल्याब ३० एम्पुल, नुर्फिनन ३० एम्पुल र फेनारगन ३० एम्पुल बरामद भएको जनाइएको छ ।

उनीहरुले दिएको सूचनाको आधारमा अरु दुईजना पनि पक्राउ परेको र उनीहरुबाट डाइजेल्याब ७७८ एम्पुल, नुर्फिनन ७७८ एम्पुल र फेनारगन ७७८ एम्पुल गरी जम्मा २३ सय ३४ एम्पुल बरामद भएको ललितपुर प्रहरी परिसरका प्रमुख गणेश ऐरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ बस्ने २८ वर्षीय विनोद मानन्धर, ललितपुर, महालक्ष्मी–१०, लाकुरीभन्ज्याङका विजय लामा, वीरगन्ज–११, श्रीपुरका धनन्जय पुनमगर र शत्रुधन पासवान रहेको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...