मालपोतका निमित्त प्रमुख २५ हजार घुस रकमसहित रंगेहात पक्राउ

news

प्रकाश धौलाकोटी (इमेज)

तेह्रथुम, साउन १८ । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजेतिर सेवाग्राहीबाट घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका सई देवराज काफ्लेले बताए ।

मालपोत कार्यालयको निमित्त प्रमुखमा कार्यरत् दाहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिस्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदैगर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...