सगुनमा फाराम भरेका तर पैसा नपठाएका लगानीकर्तालाई अन्तिम अवसर

news

काठमाडौं । विश्वव्यापी रुपमा फैलिदै गएको सामाजिक संजाल सगुन डटकमले अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसनबाट मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समयावधि अन्तिममा पुगेको छ ।

जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त भएको जानकारी गराइयो । बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भए अनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो ।

तीन चरण गरि खुल्ला गरिएको मिनी आइपीओ मार्फत विश्वका विभिन्न ८० देशका ८६४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता जाहेर भएको थियो ।

तेस्रो तथा अन्तिम चरणमा विश्वभरिबाट गरि ५८ वटा देशहरुबाट सर्वसाधरणहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । निश्चित प्रकृया पूरा भइसकेपछि वास्तविक संख्या र रकमको बारेमा हामी जानकारी गराउने सगुनले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

विशेष गरी तस्रो चरणमा लगानी गरिसकेका लगानीकर्ताहरुलाई आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (ड्राइभर) लाइसेन्स वा काम गर्ने कम्पनीले उपलब्ध गराएको परिचय पत्र वा अन्य कुनै पनि कागजपत्र इमेल मार्फ उपलब्ध गराउन माग गरेको छ ।

त्यसै गरि अगष्ट १४, २०१८ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार गर्ने भएको र वायर ट्रान्सफर गर्न सामान्यतया दुर्इ देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेस्रो तथा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाउने सर्वसाधारणहरुलाई आफूले प्रतिवद्धता जाहेर गरेको रकम अगष्ट १०, २०१८ सम्म वायर ट्रान्सफर गरी पठाउन समेत अनुरोध गरेको छ ।

लगानीको लागि फर्म भर्दा क्रेडिट र डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गरेका व्यक्तिहरुले रकम पठाउनका लागि सगुनको वेभसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न पनि विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

रकम पठाउन कुनै पनि प्रकारको समस्या भएमा वा थप जानकारी लिनु परेमा सगुनको साइटमा उपलब्ध गराइएको हटलाईन टेलिफोन सेवा, लाइभ च्याट वा इमेलबाट सम्पर्क गर्न भनिएको छ ।

जब्स एक्ट २०१२, रेगुलेशन ए प्लस अर्थात मिनी आइपीओ मार्फत शेयर विक्री खुल्ला गरेका अमेरिकी कम्पनीहरु मध्ये लगानीकर्ताको संख्या धेरै हुने कम्पनीहरुको सूचिमा सगुनले पनि आफ्नो स्थान सुरक्षित गरेको जनाएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...