बलात्कारका ३ घटना सार्बजनिक, आरोपीहरु पक्राउ

news

-बिराज रोस्यारा/कैलाली

कैलाली । कैलाली र कञ्चनपुरमा शनिवार मात्रै ३ वटा बलात्कारका घटना सार्वजनिक भएका छन ।

५ वर्षीया बालिका देखि १६ वर्षीया किशोरीमाथि बलात्कारका तीनवटा घट्ना सार्वजनिक भएका हुन ।

दुई वटा घटना शनिवार घटेको भएपनि एउटा बिहीवार घटेको समाचार शनिवार बाहिरीएको हो । प्रहरीले तीनवटै घट्नामा संलग्न भएको आरोपमा एक÷एक जना पक्राउ परेका छ ।

कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानीमा होटल संचालन गरेर बसेका २० बर्षिय वसन्त बुढालाई भान्जि नाता पर्ने १३ बर्षीया बालिका बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ आफैंले सन्चालन गरेको होटलमा बालिकालाई बोलाएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

बालिकाले जानकारी अनुसार बुढालाई उनले संचालन गरेको पुजा होटलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्किमा प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले विहीबार घटेको घटना शनिबार मात्रै आमालाई भनेपछी घटना सार्वजनिक भएको प्रहरीको भनाई छ ।

बालिकाको स्वास्थ्य जाँच पछि मात्रै अन्य कुरा खुल्ने प्रहरी निरीक्षक जोशीले बताए । यद्यपि बुढाले आफुले बलात्कार गरेको भने स्विकार गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै  कञ्चनपुरको भीमदनगरपालिका–१० श्रीलंका टोलमा पाँच वर्षीय बालिका माथि अनुचित व्यहार गर्न खोजेको भन्दै ३९ वर्षीय लक्ष्मीराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिका माथि अनुचित व्यहार गर्न खोजेपछि बालिका चिच्याउन थालेपछि स्थानीयले कोलीलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको हो ।

बालिकाको स्वास्थ्य परिक्षण भइरहेकाले अनुचित व्यवहार गरे नगरेको बारे जानकारी हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताए ।

बालिकाको स्वास्थ्य परिक्षणका आधारमै कोली माथि कार्वाही प्रकृया अगाडी बढाइने उनले बताए । कोलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको प्रहरीको भनाई छ ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ की एक युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय विकास बुढा रहेका छन् । बुढाले १६ वर्षीया युवतीको घाटीमा सल बेरेर बलात्कार गर्न खोजेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ । पक्राउपछि बलात्कारका आरोपित बुढालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा राखिएको छ ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...