इण्डोनेशियाको लोम्बोक टापुमा फेरि गयो शक्तिशाली भूकम्प

news

काठमाडौं । इण्डोनेशियाको लोम्बोक टापुमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

गत आइतवार १ सय ३१ भन्दा बढीको मृत्यु हुने गरी गएको भूकम्पका कारण भएको जनधनबारे यकिन तथ्यांक स्पष्ट नुहँदै आज फेरि ५ दशमलब ९ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

जमिनभन्दा ३१ किलोमिटर तल केन्द्रविन्दु रहेको भूकम्पका कारण केही घर भत्किएको खबर छ ।

आइतवारको ६ दशमलब ९ म्याग्नेच्यूडको भूकम्पबाट प्रभावित लोम्बोक टापुका दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

केही गाउँ पूरै ध्वस्त भएका छन् । स्थानीय सञ्चारमाध्यहरुले भने मृतकको संख्या ३ सय ४७ भन्दा माथि रहेको जनाएका छन् ।

१४ सय मानिस घाईते भएको र १ लाख ५६ हजार मानिस विस्थापित भएको सरकारी तथ्यांक छ ।

आइतवारको भूकम्पपछि सयौं पराकम्प गएकाले यो भूकम्प पराकम्प हो वा नयाँ भन्ने यकिन भैनसकेको अधिकारीहरुले जनाएका छन् ।

आइतवारभन्दा दुई दिनअघि शुक्रवार पनि लोम्बोकमा गएको भूकम्पका कारण कम्तिमा १६ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया