अरु पार्टीभन्दा कांग्रेस बढी समावेशी : पौडेल

news

काठमाडौं, साउन २४ । २४औं विश्व आदिवासी दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले संविधान आदिवासीमैत्री नभएको गुनासो गरेका छन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले सरकारले आदिवासी जनजातिले पाइरहेको हक, अधिकार पनि कटौती गरेको आरोप लगाए ।

उनले आफूहरुका चाडपर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग पनि गरे ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले कामभन्दा कुरामात्र धेरै गरेको आरोप लगाए ।

अरु पार्टीहरुभन्दा कांग्रेस बढी समावेशी रहेको उनको दाबी थियो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले सरकारसँग मागमात्र राख्ने नभइ अधिकार प्राप्त हुन नसक्नुको कारण पनि खोज्नुपर्ने बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया