सिक्टा सिँचाइको नहर भत्किएको अध्ययन गर्न समिति गठन

news

काठमाडौं, साउन २४ । सरकारले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइमा बदमासी भएको भन्दै छानबिनका लागि बिहीबार उच्चस्तरीय समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनाको नहर भत्किएको विषयमा सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही तथा पुनःनिर्माणका लागि आवश्यक सुझाव दिन मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा मन्त्रालयका दुई वरिष्ठ प्राविधिक कर्मचारी र सिँचाइ विभागका दुई अधिकारी तथा एक स्वतन्त्र विज्ञसमेत छन् ।

समितिलाई १५ दिनको समयसीमा दिइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको हालसम्म मुख्य नहरको करिब ५५ प्रतिशत काम पूरा भएको जनाइएको छ ।

तर, निर्माण नसकिँदै आयोजनाका विभिन्न भाग भत्किँदै गएको छ ।

सबै शाखा नहर निर्माण भइरहेको आयोजनाको कुल लागत २५ अर्ब रुपैयाँ रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया