सिन्धुलीका नदी तथा खोला किनारमा अम्रिसो र बाँसको व्यावसायिक खेती

news

सिन्धुली, साउन २५ । सिन्धुली जिल्लाका नदी तथा खोला किनारमा अम्रिसो र बाँसको व्यावसायिक खेती शुरु गरिएको छ ।

अम्रिसो र बाँस खेती गर्दा खोला नियन्त्रण हुनुका साथै उत्पादित सामानको व्यापार बढेर स्थानीयले आय आर्जनसमेत गरिरहेका छन् । अम्रिसो र बाँसबाट कुचो, डालो, नांग्लो, डोकोजस्ता विभिन्न समानहरु बनाउने गरिन्छ ।

पछिल्लो समय घर निर्माणमा बाँसको प्रयोग हुन थालेपछि यसको बजार विस्तार भएको छ । यहाँका बाँस राजधानी काठमाडौं, पोखरा, वीरगंज लगायतका शहरमा बिक्रीका लागि व्यापारीहरुले लैजाने गरेका छन् ।

अम्रिसोको घाँस खाँदा पशुहरु मोटाउने र बढी दुध दिने भएपछि किसानहरुले अम्रिसोलाई घाँसको रुपमासमेत बारीका कान्ला र डिलमा लगाउन थालेका हुन् । अम्रिसोको फूलबाट कुचो बनाएर वार्षिक ५० हजार देखि १ लाख रुपैयाँसम्म प्रति घरपरिवार आम्दानी गर्दैै आएका छन् । सिन्धुली जिल्लाका महाभारत पहाड र खाँेच क्षेत्रमा केही समय यता करिब १० हेक्टर क्षेत्रफलमा अम्रिसोको व्यवसायिक खेती गरिएको छ ।  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
Loading...

प्रतिक्रिया